• ट्रेण्डिङ्ग :
रौटहटमा गाई, गोरु र बाछीहरु बरामद

रौटहटमा गाई, गोरु र बाछीहरु बरामद


  • 2.8K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.3K Views

    रौटहटमा गाई, गोरु र बाछीहरु बरामद

    काठमाडौं । अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लैजादै गरेको अवस्थामा प्रहरीले गाई, गोरु र बाछी बरामद गरेको छ ।

    images

    बुधबार साढे ४ बजेको समयमा प्रहरी चौकी महादेवपट्टी रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं.२ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी / निकासी गरी गाई र गोरु भारततर्फ लैजादै गरेको अबस्थामा प्रहरीले वेवारिसे अबस्थामा रहेको गाई, गोरु र बाछीलाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले गाई १० वटा, गोरु १ वटा र बाछी ६ वटा गरी जम्मा १७ बटा गाई, गोरु र बाछी अन्दाजी मूल्य एक लाख छयान्नबे हजार बरावरको स्थानीय मानिसहरुको रोहवरमा बरामद गरेको रौतहट प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


    तेस्रो आँखा