• ट्रेण्डिङ्ग :
आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु


  • 4.3K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.5K Views

    आगो ताप्ने क्रममा जलेर  बृद्धाको मृत्यु

    बर्दिया,२६ पुस/ बर्दियामा आगो ताप्दै गर्दा एक्कासी ब्ल्यांकेटमा आगो सल्किएर एक जनाको मृत्यु भएको छ ।   राजापुर नगरपालिका–५ स्थित घरभित्रको कोठामा बुधबार आगो तापिरहेका बेला ब्ल्यांकेटमा सल्किएर ७५ वर्षीया सोहनी थारु घाइते भएकी थिइन् ।

    images

    उनको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालले बताए । घाइते थारुलाई पहिले उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको थियो ।


    तेस्रो आँखा