• ट्रेण्डिङ्ग :
नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि


  • 3.2K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.9K Views

    नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि

    कैलाली २६ पुस/ नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि टीकापुरमा सुरु हुदैछ । आजदेखि सुरु हुने महाधिवेशन पुस २८ गतेसम्म चल्नेछ ।

    images

    महाधिवेशनमा देशभरबाट १ लाख ५० हजार नागरिकको सहभागिता रहने र त्यसमा ८ हजार प्रतिनिधि रहने पार्टीले जनाएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिनुभयो । अधिवेशनको आज दिउँसो उद्घाटन हुने र आज रातीदेखि बन्द सत्र सुरु हुने आर्थिक व्यवस्थापन संयोजक तथा सांसद गंगाराम चौधरीले जानकारी दिनुभयो ।

    अधिवेशन व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमिति मार्फत काम भइरहेको र उद्घाटन कार्यक्रममा सहभागी हुन आउने पार्टीका नेता कार्यकर्ता र पाहुनाहरू टीकापुर पुग्ने क्रम जारी रहेको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा मेस सञ्चालन समिति संयोजक रामेश्वर चौधरीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा