• ट्रेण्डिङ्ग :
घरको धुरी खाँबो ढलेको अनुभूति भएको छ : आचार्य

घरको धुरी खाँबो ढलेको अनुभूति भएको छ : आचार्य


  • 6.3K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 9.7K Views

    घरको धुरी खाँबो ढलेको अनुभूति भएको छ : आचार्य

    दाङ, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले आफूलाई घरको धुरी खाँबो ढलेको अनुभूति भएको बताएका छन् । बंगलाचुली– ८ टिकुलीदमारका पालिका सचिवालय सदस्य, टोलका अध्यक्ष एवं स्कूल व्यवस्थापन समितिका अध्यक्ष स्व. रोबरबहादुर खत्रीको श्रद्धान्जलीसभामा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

    images

    इञ्चार्ज आचार्यले यो गाउँले महान जनयुद्धमा ठूलो योगदान गरेको र आफू भने पहिलोपटक मात्र पुगेको बताउँदै स्व. रोबरबहादुर खत्री एक परिपक्व राजनीतिक कार्यकर्ता, सक्रिय समाजसेवी, इमान्दार शिक्षाप्रेमी र असल अभिभावक भएको उल्लेख गरे । स्व. रोबरबहादुरले महान जनयुद्धमा निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

    नेकपा (माओवादी केन्द्र) बंगलाचुली गाउँ कमिटीको आयोजना र डोमाकान्त कुँवरको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा प्रमुख अतिथि आचार्य, बंगलाचुली गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका दाङ जिल्ला संयोजक सुवास पुन, गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जीसी, माओवादी केन्द्रको केन्द्रीय कलासाहित्य तथा संस्कृति विभाग सदस्य रामप्रसाद जैसी, प्रदेश सल्लाहकार फणाधर बुढा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पुरन शर्मा, घोराही नगर सचिवालय सदस्य दोर्ण बेल्वासे, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन घोराही नगर सचिव श्यामलाल मल्ल, ३ नम्बर वडाध्यक्ष शोभाराज विक, ८ नम्बर वडाध्यक्ष झविन्द्र गाहाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गिरिराज बाँठाले गरेका थिए । उक्त परिवारले स्व. खत्रीको सम्झनामा गाउँको स्कूल र मावि हाँसीपुरमा अक्षयकोषको स्थापना पनि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # निर्मल आचार्य

  • तेस्रो आँखा