• ट्रेण्डिङ्ग :
चिसो बढेपछि जनकपुरधामको विद्यालय १० दिनका लागि बन्द

चिसो बढेपछि जनकपुरधामको विद्यालय १० दिनका लागि बन्द


  • 4.1K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.3K Views

    चिसो बढेपछि जनकपुरधामको विद्यालय १० दिनका लागि बन्द

    जनकपुरधाम २६ पुस/ विगत केही दिन देखि शुरु भएको शीतलहरका कारणले साना साना विद्यार्थीहरू प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरू बन्द गरिएको छ ।

    images

    जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले आज जारी गर्नु भएको सूचनामा पुस २९ गते देखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिने निर्णय भएको उल्लेख रहेको छ ।

    अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरि दिइएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जारी गर्नु भएको सूचनामा उल्लेख रहेको छ । विगत एक साता देखि बिहान देखि चिसो हावा सँगै शीतलहर चलेका कारणले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।

    खास गरेर शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्ग, गरिब तथा खुल्ला आकाशमा काम गर्ने मजदूर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । बढेको चिसोका कारणले दम तथा रुघाखोकीको मात्रामा वृद्धि हुनुका साथै गेठीया तथा दम्माका रोगीहरूमा थप समस्या उत्पन्न भएको छ ।

    यसै गरि शितलहर तथा बाक्लो कुहिरोका कारणले विमान सेवा पनि प्रभावित भइरहेको छ । यता शितलहरवाट जोगिनका लागि व्यक्ति विशेषले ठाउँ ठाउँमा दारा वालेपनि धनुषाका कुनै पनि स्थानीय तहले आगो ताप्ने व्यवस्था मिलाएको छैन ।


    तेस्रो आँखा