• ट्रेण्डिङ्ग :
वर्तमान सरकारले जनताको शिर झुकाउने काम गरेको छैन् : खड्का

वर्तमान सरकारले जनताको शिर झुकाउने काम गरेको छैन् : खड्का


  • 3.1K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    वर्तमान सरकारले जनताको शिर झुकाउने काम गरेको छैन् : खड्का

    कैलाली २७ पुस/ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताउनुभएको छ ।  शुक्रबार नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका उपसभापति खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको उल्लेख गर्नुभयो । 

    images

    “हामीले जनताका लागि कति राम्रो काम गर्न सकेका छौँ, त्यो जनताका बीच छलफल हुनेनै छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकारले निकै राम्रो काम गरेको छ पनि भन्दिन । तर सरकारले मध्यमस्तरमा रही काम गरेको छ । जनताको शिर झुकाउने गरी कुनै पनि काम गरेको छैन ।”

    उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताउनुभएको छ । पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो । यद्यपि भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको उहाँको भनाइ थियो । 

    जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उहाँले सरकार सुशासनको अभियानमा रहेको समेत उल्लेख गर्नुभयो । 

    उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास काँग्रेसको नेतृत्वमा भएको भन्दै यसबीच भएका कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख गर्नुभयो । उहाँले सबैभन्दा पहिले आफूभित्र भएको कमजोरी सुधार गर्दै पार्टीमा भएका कमजोरी हटाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।


    तेस्रो आँखा