धनगढी २७ पुस/ नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
अहिलेसम्म अध्यक्षमा रेशम चौधरीले मात्र उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी उनकी पत्नी हुन् टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले रञ्जिताको नेतृत्वमा दल बनाएका थिए । रञ्जिता सांसद र केन्द्र सरकारमा मन्त्री छिन् ।
राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेपछि रेशम पार्टी राजनीतिमा सक्रिय छन् । उपाध्यक्षमा १० जना र महासचिवमा गंगाराम चौधरीसहित ५ जनाको उम्मेदवारी परेको छ ।
