• ट्रेण्डिङ्ग :
मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने 

मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने 


  • 4.2K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.5K Views

    मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने 

    काठमाडौं २७ पुस/ मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने हिजो बसेको मन्त्रीपरिषद्ले निर्णय गरेको मधेश प्रदेश सरकारले जनाएको छ । २०७८ साल माघ ३ गते तत्कालीन ‘प्रदेश नं। २’ को ठाउँ “मधेश प्रदेश” नामाकरण गर्नुका साथै स्थायी राजधानी जनकपुरधाम राख्ने निर्णय प्रदेशसभाको बैठकको दुई तिहाइ भन्दा बढी मतले पास गरेको थियो ।

    images

    त्यस दिनलाई प्रदेश सरकारले स्वाभिमान दिवसको रुपमा मनाउने निर्णय गरेको मधेश सरकारका प्रवक्ता समेत रहनुभएका गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिनुभयो ।

    त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनका सहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको गृहमन्त्री समिमले जानकारी दिनुभयो ।


    तेस्रो आँखा