ओखलढुंगा,२२ पुस । नेकपा (एकिकृत समाजवादी) ओखलढुंगाले आफ्नो संगठन विस्तारलाई तिब्रता दिइएको छ । जिल्ला कमिटीले पालिका तथा वडा तहका कमिटी निर्माणको कामलाई तीब्रता दिएको जिल्ला अध्यक्ष हंशराज वाग्लेले जनकारी दिए । यही पुसभरी जिल्लाका ७५ मध्ये ४० देखि ५० वडामा वडा कमिटी निर्माण गरिसक्ने योजना रहेको उनले बताएका छन् ।
हालसम्म चम्पादेवी गाउपालिकाका १० वटै वडा सहित दुइ दर्जन भन्दा बढी वडामा कमिटी गठन भइसकेको बताइएको छ । पालिकामा पालिका संयोजक तोकिएका छन् भने वडा कमिटी निर्माणपछि पालिका अधिवेशनको तयारी थालिने जिल्ला अध्यक्ष वाग्लेले जनए । अभियानकै रुपमा कमिटि गठन तथा पार्टी प्रवेश कार्यक्रम चलाइने उनको भनाइ छ ।
आज सिद्धिचरण नगरपालिकामा वडा नं ४ मा गठन गरिएको वडा कमिटीमा एमाले बाट २०५४ सालमा रुम्जाटार गाविसको साविक वडा अध्यक्ष समेत नेकपा एस मा प्रवेश गरेको जिल्ला उपाध्यक्ष मेखबहादुर खड्काले जानकारी दिए । उनका अनुसार यस अघि सिद्धिचरण नगरपालिका वडा नम्बर २, ५, ६ र ९ मा कमिटी गठन भइसकेको छ । युवा तथा विद्यार्थीका कमिटी पनि पार्टी कमिटी गठनसँगै भइरहेको प्रचार विभागका प्रमुख तथा अनेरास्ववियूका उपमहासचिव दिपक फुयल बताए ।
