• ट्रेण्डिङ्ग :
अमेरिकी नौसेनाको हेलिकप्टर प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

अमेरिकी नौसेनाको हेलिकप्टर प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त


  • 2.5K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.9K Views

    अमेरिकी नौसेनाको हेलिकप्टर प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

    क्यालिफोर्निया । अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटना भए पनि चालक दलका सबै सदस्य बाँच्न सफल भएको अमेरिकी सेनाका प्रवक्ताले पुष्टि गरेका छन् ।

    images

    न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए । सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरु घाइते भएको तर अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताए ।

    अमेरिकी नौसेना कमाण्डरले एमएच–६० आर हेलिकप्टर शुक्रबार साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो । हेलिकप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो ।

    यसअघि नोभेम्बरमा पनि प्रशिक्षण अभ्यासका क्रममा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ५ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।


    तेस्रो आँखा