• ट्रेण्डिङ्ग :
इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनि

इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनि


  • 4.8K
    SHARES
    • पौष २८, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.3K Views

    इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनि

    गाजा । गत अक्टोबर ७ देखि भएको इजरायल–हमास युद्धका कारण गाजामा मात्रै करिब २४ हजार प्यालेस्टिनी मारिएका छन् ।

    images

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा २३ हजार ७०८ जना प्यालेस्टाइनी मारिएका छन् ।

    आक्रमणमा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार करिब ७ हजार मानिस भग्नावशेषमुनि हराइरहेका छन् । यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

    यस्तै, विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टिनीको मृत्यु भएको छ भने २४८ जना घाइते भएका छन् ।


    तेस्रो आँखा