काठमाण्डाैं,२३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे ७७ जिल्ला मध्य आज ६८ वटा जिल्लामा अधिवेशन उद्घाटन हुँदैछ । आज हुँने सबै जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट एकैसाथ उद्घाटन गर्दैछन । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु समेत सम्बोधनका लागि आफ्नो जिल्लामा खटाइएको छ ।
तर पनि ओलीलाई सर्वशक्तिमान बनाउदै सबै जिल्ला अधिवेशन उद्घाटन गर्ने जिम्मेवारी सुम्पीएको छ । चिसो मौसम लगायत विभिन्न कारणले स्थगित गरिएका ९ जिल्लाका अधिवेशन भने पछि गरिने नेकपा एमालेले जनाएको छ । आज हुँने अधिवेशनकाे उदघाटन अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा एकसाथ गर्ने तयारी भैरहेको नेकपा एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ । एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।
धेरैजसो जिल्ला अधिवेशनमा नेतृत्व छनौटमा रस्साकसी देखिएको छ भने केही जिल्लामा सर्वसहमती बाट सहजरुपमा नेतृत्व चयन हुने अवस्था रहेको जिल्ला नेताहरुले बताएका छन् । यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको नेकपा एमालेले जनाएकाे छ ।
