• ट्रेण्डिङ्ग :
इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु

इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु


  • 2.5K
    SHARES
    • माघ १, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु

    जकार्ता । इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् ।

    images

    शहर प्रहरीले जनाए अनुसार स्थानीय समय बिहान ८ बजे आगलागी भएको र दुईवटा दमकल र एउटा क्रेन ट्रकसहितको दमकल तत्काल घटनास्थलमा पठाइएको छ ।

    यसैबीच, शहरको स्वास्थ्य एजेन्सीका प्रमुख जेनल अबिदिनले १५ जनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा ल्याइएको बताए।

    विषाक्त ग्यासको धुवाँबाट ६ जनाको मृत्यु भएको र घाइते ९ जनाको अस्पतालमा सघन उपचार भइरहेको उनले बताए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।


    तेस्रो आँखा