• ट्रेण्डिङ्ग :
काठमाडौँ उपत्यकामा छिटपुट वर्षा, बिहीवारसम्म मौसम नखुल्ने

काठमाडौँ उपत्यकामा छिटपुट वर्षा, बिहीवारसम्म मौसम नखुल्ने


  • 3.0K
    SHARES
    • माघ २, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    काठमाडौँ उपत्यकामा छिटपुट वर्षा, बिहीवारसम्म मौसम नखुल्ने

    काठमाडौँ । पश्चिमी वायुको प्रभावले अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ। यसकारण देशका पहाडी भूभागका एक–दुई ठाउँसहित काठमाडौँ उपत्यकामा फाट्टफुट्ट पानी परेको छ।

    images

    मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले भनिन्, ‘अहिले काठमाडौँ उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटपुट पानी परेको छ। पानी १० मिलिमिटरभन्दा थोरै परेको छ।’

    उनका अनुसार उच्च हिमाली भेगमा हिमपातसमेत भएको छ। लुक्ला आसपासमा ठूलो मात्रामा हिमपात भएको उनको भनाइ छ।

    आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सफा नै रहने र गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी एक–दुई ठाउँमा छिटफुट वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ।

    मौसमविद् नगरकोटीका अनुसार मौसम बिहीवारसम्म खुल्ने सम्भावना छैन। उनले भनिन्, ‘पश्चिमी वायुको प्रभावका कारण मौसम पर्सिसम्म पूर्णतया खुल्ने सम्भावना छैन, देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु/कुहिरो लाग्नाले चिसो अझै बढ्नेछ।’


    तेस्रो आँखा