• ट्रेण्डिङ्ग :
गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न महानगरले दियो ७ दिनको समय

गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न महानगरले दियो ७ दिनको समय


  • 5.1K
    SHARES
    • माघ ३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.8K Views

    गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न महानगरले दियो ७ दिनको समय

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न ७ दिनको समय दिएको छ ।

    images

    महानगरले बुधबार चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई ७ दिनभित्र आर्थिक वर्ष २०७८ र ७९ देखि तिर्न बाँकी मनोरञ्जन, व्यवसाय, सम्पत्ति र अन्य कर तिर्न समय दिएको हो ।

    नगर प्रहरीसहितको टोली गएर दुई आर्थिक वर्षभन्दा बढी समयको कर तिर्न र यसबिच कति चलचित्र हेरेको, कति वटा शो भए त्यसको पनि विवरण माग गरिएको छ ।    

    हल सञ्चालकले अटेर गरे आर्थिक ऐनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।  


    तेस्रो आँखा