• ट्रेण्डिङ्ग :
दार्चुलामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते

दार्चुलामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते


  • 3.2K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    दार्चुलामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते

    दार्चुला ५ माघ/ दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रु्बाहक बस केही बेरअघि दार्चुलामै दुर्घटना भएको छ । सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने ठाउँ नजिकै सडकबाट महाकालीतिर खसेको हो । 

    images


    प्रारम्भीक जानकारी अनुसार बसमा सवार १५ जना घाइते भएका जानकारी प्राप्त भएको छ । घाइतेहरु सबैलाई जिल्ला अस्पताल दार्चुला लगिएको प्रहरीले जनाएको छ । 

    घाइतेमध्ये २ जना गम्भीर रहेका प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले विस्तृत जानकारी आउन सकेको छैन । 


    तेस्रो आँखा