• ट्रेण्डिङ्ग :
सभ्यता पाठशालामा ’हिरोसँग हामी’

सभ्यता पाठशालामा ’हिरोसँग हामी’


  • 12.7K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 19.5K Views

    सभ्यता पाठशालामा ’हिरोसँग हामी’

    घोराही, ५ माघ । घोराहीस्थित सभ्यता पाठशालाले चलचित्र ‘काँडेतार’का निर्माता तथा नायक नवल खड्का र सोही चलचित्रका अर्का नायक प्रशान्त यादवलाई लिएर ‘हिरोसँग हामी’ कार्यक्रम गरेको छ । आफ्नो चलचित्र काँडेतारको विशेष प्रदर्शनीका लागि दाङ आएका नायकद्वयसँग यस्तो कार्यक्रम राखिएको हो ।

    images

    Sabhyata8.jpg

    पाठशालाका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको ‘हिरोसँग हामी’ कार्यक्रमका प्रमुख अतिथि नायक नवल खड्काले पाठशालाका विद्यार्थी भाइबहिनीहरुसँग छलफल गरेका थिए । नायक खड्काले आफ्नो अनुभव र अनुभूति सुनाउँदै विद्यार्थीहरुको जिम्मेवारीका बारेमा आफ्ना धारणाहरु राखेका थिए ।

    Sabhyata6.jpg

    प्रमुख अतिथि खड्काले पछिल्लो समय समाजमा संस्कार, संस्कृति र सभ्यता हराउँदै गएको चर्चा गर्दै सभ्यता पाठशालाले त्यसतर्फ ध्यान दिएकोमा प्रशन्नता व्यक्त गरे । उनले राष्ट्र र राष्ट्रियता प्राणभन्दा प्यारो भएको भन्दै जन्मभूमि र नेपालको सिमानाका सम्बन्धमा आफूले चलचित्र ‘काँडेतार’ निर्माण गरेको बताए । पाठशालाका शिक्षा संयोजक केशरमान बुढाथोकीले सञ्चालन गरेको सो कार्यक्रममा सानासाना विद्यार्थी भाइबहिनीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

    Sabhyata3.jpg

    त्यसअघि विद्यार्थीहरुले नायक खड्का र यादवलाई विद्यालय परिसरमा भव्य स्वागत गरेका थिए ।

    Sabhyata1.jpg

    Sabhyata2.jpg

    Sabhyata4.jpg

  • सम्बन्धित विषय:

  • # सभ्यता पाठशाला
  • # चलचित्र ‘काँडेतार’

  • तेस्रो आँखा