• ट्रेण्डिङ्ग :
प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै


  • 20.6K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 31.7K Views

    प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

    सुरज पुन मगर, प्यूठान/प्यूठानको पर्यटकीय क्षेत्र मल्लरानीमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ छिट्टै सञ्चालन हुने भएको छ ।  निर्माणधिन अवस्थामा रहेको जिपलाइनको परिक्षण चलिरहेको छ। सुस्ताउँदै गइरहेको सदरमुकाम खलंगाको अनुहारमा चमक ल्याउनका लागि जीपलाइनको अवधारणा अघि सारिएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए ।

    images

    मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समूह तथा पालेबन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा जीपलाईन संचालन हुनेछ ।दुबै सामुदायिक वन उपभोक्ता समूहले आ–आफ्नो कार्ययोजना भित्र पर्यापर्यटन अन्तर्गत जिपलाईन संचालनलाई अघि बढाएका छन् । कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समूहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, भाडामा लिने प्रक्रिया तथा स्वामित्वबारे सहमती हुने भारतीले बताए ।

    केहिदिन भित्रै औपचारिक रूपमा जीपलाईनको उद्दघाट्न गरिने उनले बताए । जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी ६ सय ५० मीटर को रहेको छ । उनले सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा एक हजार  देखि एक हजार पाचसयसम्म लाग्ने बताए । सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल दिनको ६० जनासम्मले खेल्न सकिने उनको भनाइ । टिकट बुकिङ गर्नेका लागि तौल र सबै प्रकारको स्वास्थ्य जाँचपछि मात्रै सो खेलमा सहभागी गर्नसक्ने नियम रहेको छ । जिपलाइन खेल सञ्चालनमा आएपछि प्यूठानको मल्लरानीमा आन्तरिक तथा बाह्य पर्यकटको थप आकर्षण बढ्ने पर्यटन व्यवसायी बताउँछन् ।


    तेस्रो आँखा