ओलीसँग सहयाेग माग्दै प्रधानमन्त्री देउवाले भने 'एमसीसी पास गर्न सहयोग गर्नुस्'

ओलीसँग सहयाेग माग्दै प्रधानमन्त्री देउवाले भने 'एमसीसी पास गर्न सहयोग गर्नुस्'


  • 7.2K
    SHARES
    • पौष २४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    ओलीसँग सहयाेग माग्दै प्रधानमन्त्री देउवाले भने 'एमसीसी पास गर्न सहयोग गर्नुस्'

    काठमाडौं, २४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका छन् ।

    images

    ओली निवास वालकोटमै पुगेर प्रधानमन्त्री देउवाले ओलीलाई संसदबाट एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

    साथै उनले संसदको गतिरोध अन्त्य गरिदिन पनि ओलीलाई आग्रह गरेका छन् । जवाफमा ओलीले एमालेले जुन माग राखेर संसद अवरोध गरेको हो, त्यही माग सम्बोधन नभएकाले संसद अवरोध जारी रहने बताएका थिए । एमसीसीकाबारेमा भने ओलीले कुनै जवाफ नदिएको एक नेताले बताए ।