• ट्रेण्डिङ्ग :
ट्वाङखोला खानेपानीको साधारणसभा

ट्वाङखोला खानेपानीको साधारणसभा


  • 3.1K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    ट्वाङखोला खानेपानीको साधारणसभा

    तुलसीपुर, ७ माघ/ दाङको बबई गाउँपालिका वडा नं. २ स्थित ट्वाङ्खोला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रथम साधारणसभा भएको छ ।

    images

    संस्थाका अध्यक्ष तुलसीराम घर्तीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि मास्कीले पश्चिम दाङको विकास भएमा मात्रै समग्र दाङको विकास हुने बताए । बजार क्षेत्रको विकास भइसकेको भन्दै दाङको कर्णाली भनेर चिनिने पश्चिम दाङलाई विकास गर्नुपर्ने उनले बताए ।

    साथै प्रदेशमा एक घर, एक धाराको नीति ल्याएको भन्दै पश्चिम दाङमा खानेपानीको सहज पहुँच पु¥याउनकालागि पहल थालिरहेको बताए । त्यस अवसरमा माओवादी केन्द्र बबइका अध्यक्ष एकलाल घर्तीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


    तेस्रो आँखा