• ट्रेण्डिङ्ग :
खुकुरी प्रहार गरी एक बालकको हत्या

खुकुरी प्रहार गरी एक बालकको हत्या


  • 2.8K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.3K Views

    खुकुरी प्रहार गरी एक बालकको हत्या

    सुर्खेत, ७ माघ । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक जना बालकको हत्या गरिएको छ ।

    images

    रुकुम प्रहरीले दिएको जानकारी अनुसार मुसिकोट नगरपालिका–११, को कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला पर्ने रोल्पाको परिवर्तन गाउँपालिका—४, पाछावाङमा अन्दाजी १४ वर्षीय निर्मल डाँगीको हत्या गरेका हुन् । चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    डाँगी दिदीको घरमा आएका थिए । खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका–११, कै ४१ वर्षीय सुकलाल पुन घाइते भएको पनि प्रहरीले बताएको छ । रुकुम प्रहरीका कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ ।

    घटना आइतबार दिउँसो १२ बजेतिरको हो । हत्या गर्ने चन्द्रबहादुरलाई पक्राउ गरिएको छ भने घाइते पुनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हत्या गर्ने चन्द्रबहादुरको मानसिक अवस्था ठिक नभएको पाइएको छ ।


    तेस्रो आँखा