• ट्रेण्डिङ्ग :
फिलिपिन्समा बाढी र पहिरो : १५ जनाको मृत्यु, ३ लाख ४९ हजारभन्दा बढी मानिस प्रभावित

फिलिपिन्समा बाढी र पहिरो : १५ जनाको मृत्यु, ३ लाख ४९ हजारभन्दा बढी मानिस प्रभावित


  • 3.0K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    फिलिपिन्समा बाढी र पहिरो : १५ जनाको मृत्यु, ३ लाख ४९ हजारभन्दा बढी मानिस प्रभावित

    फिलिपिन्सको दक्षिणी भागमा पर्ने डाभाओ क्षेत्रमा गएको पहिरो र भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।

    images

    राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार डाभाओ डे ओरो प्रान्तमा १३ जना र डाभाओ शहरमा दुई जनाको मृत्यु भएको छ। सो प्राकृतिक प्रकोपमा कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ।

    एजेन्सीले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका पाँच प्रान्तमा ठूलो वर्षाका कारण बाढी र पहिरोबाट ८३ हजार परिवारका ३ लाख ४९ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको जनाएको छ।

    सोमबारदेखि बिहीबारसम्म परेको भारी वर्षाले यस क्षेत्रमा निम्त्याएको छ।


    तेस्रो आँखा