• ट्रेण्डिङ्ग :
एसइईको तालिका सार्वजनिक

एसइईको तालिका सार्वजनिक


  • 3.1K
    SHARES
    • माघ ८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    एसइईको तालिका सार्वजनिक

    भक्तपुर ८माघ/राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

    images

    परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार फागु पर्व सकिएपछि परीक्षा गर्ने गरी निर्णय गरिएको हो । यस वर्ष चैत ११ र १२ गते होली परेको छ ।

    बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो । यो वर्षको एसइई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन् ।

    सरकार, संघीय संसद् र शैक्षिक जगतमा माध्यमिक शिक्षा परीक्षा(एसइई)ले निरन्तरता पाउने नपाउनेबारे बहस भइरहँदा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको हो ।

    बोर्डका अध्यक्ष शर्माले सकेसम्म परम्परागत समय तालिका भन्दा छिटो परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न तथा परीक्षा प्रणालीमा सुधार गर्न बोर्ड लागिपरेको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले भने ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

    यस वर्षको परीक्षामा हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् २७ अङ्क ल्याउनै पर्ने व्यवस्था लागु हुदैछ । बोर्डले तयार गरेको प्रश्न पत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुने भएको छ । कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् ।


    तेस्रो आँखा