ओखलढुंगा,२५ पुस । नेपाल निजामति कर्मचारि युनियन जिल्ला कार्यसमिति ओखलढुंगाको अध्यक्षमा सुनकोशी गाउपालिका शिक्षा शाखा प्रमुख विवेक तामाङ निर्वाचित भएका छन । शनिवार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट तामाङको नेतृत्वमा ३ उपाध्यक्ष सहित १४ सदस्यि जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।
उपाध्यक्ष खुल्लामा पुष्पराज पन्त, महिलामा मेनुका खड्का, समावेशीमा कोपिला प्रधान, सचिवमा सुमन पोखरेल, सहसचिवमा लालबहादुर सुनुवार, कोषाध्यक्षमा विरेन्द्र तामाङ सदस्यहरु शर्मिला अधिकारी, विनिता राई रुम्दाली, ममकर्ण बस्नेत, हरिश्चन्द्र भुजेल, रोहितरमण पराजुली, अशोककिरण लुइटेल, दलबहादुर खत्री लगायत १४ जना निर्विरोध निर्वाचित गरेको छ । भने १ जना सदस्य निर्वाचित समितिले मनोनित गर्ने व्यवस्था रहेकाे छ ।
अधिवेशनले टिकाराम बाँनिया, फडिन्द्र कट्वाल र युगल किसोर न्यौपानेलाई केन्द्रिय प्रतिनिधि निर्वाचित नव निर्वाचित अध्यक्ष विवेक तामाङले बताए ।
