• ट्रेण्डिङ्ग :
चीनमा आगलागीमा परि ३९ जनाको ज्यान गयो, ९ जना घाइते

चीनमा आगलागीमा परि ३९ जनाको ज्यान गयो, ९ जना घाइते


  • 4.4K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.8K Views

    चीनमा आगलागीमा परि ३९ जनाको ज्यान गयो, ९ जना घाइते

    चीनको जियाङ्सी प्रान्तकाे एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    images

    भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेका बीबीसीको खबरमा उल्लेख छ । आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति निकालेर देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ ।

    उहाँले मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बार भइरहेका यस्ता दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक रहेको बताउनुभएको छ । यसअघि युनान प्रान्तमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ३१ जना पुगेको बीबीसीले जनाएको छ । 


    तेस्रो आँखा