माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस


  • 6.4K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

    काठमाडौं, २५ पुस । कोभिड-१९ व्यवस्थापन समिति(सिसिएमसी) को बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

    images

    कोभिड १९ व्यवस्थापन समितिको आइतबारको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । 

    हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सिसिएमसीको निर्णय छ ।

    सोमबारदेखिनै लागू हुनेगरि विद्यालय बन्द गर्न पनि बैठकले निर्णय गरेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।।  


    तेस्रो आँखा