• ट्रेण्डिङ्ग :
मालीकाे सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो

मालीकाे सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो


  • 4.6K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.1K Views

    मालीकाे सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो

    माली । पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किएपछिको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

    images

    मालीको खानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा रहेको खानीमा काम गर्ने कामदारको ज्यान गएको जनाएको छ ।

    माली सरकारले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार र मालीका जनताप्रति गहिरो समवेदना प्रकट गरेको छ।

    मन्त्रालयले खानी मजदुरलाई सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता बे कौलिबालीले सुरक्षा मापदण्ड पूरा नगरी खानीमा काम गर्नेहरूले ग्यालरी खनेका कारण दुर्घटना भएको बताइएको छ ।

    सरकारले खानी स्थल नजिकै बसोबास गर्ने समुदाय र सुन खानीमा काम गर्ने व्यक्तिहरूलाई इमानदारीपूर्वक सुरक्षा मापदण्डहरू पूरा गर्न अपील गरेको छ। यसका साथै तोकिएको क्षेत्रमा मात्रै उत्खनन गर्न सुझाव दिइएको छ ।

    यसअघि पनि खानीमा काम गर्नेहरूलाई सुरक्षा मापदण्डको ख्याल राख्न सल्लाह दिइएको थियो।


    तेस्रो आँखा