राष्ट्रियसभामा गठबन्धनबाट निर्वाचित झक्कुप्रसाद सुवेदी को हुन् ?

राष्ट्रियसभामा गठबन्धनबाट निर्वाचित झक्कुप्रसाद सुवेदी को हुन् ?


  • 14.7K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 22.6K Views

    राष्ट्रियसभामा गठबन्धनबाट निर्वाचित झक्कुप्रसाद सुवेदी को हुन् ?

    दाङ, ११ माघ । राष्ट्रियसभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी विजयी भएका छन् । आज अर्थात २०८० माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा उनले ५४३५ मतभार प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३०११ मतभार प्राप्त गरेका थिए ।

    images

    को हुन् झक्कुप्रसाद सुवेदी ?
    रोल्पा जिल्लाको गजुल गाउँ विकास समिति वडा नं. २ पानीपोखरामा झक्कुप्रसाद सुवेदीको जन्म २०१८ साल माघ २८ गते भएको थियो । २०३६ सालको विद्यार्थी राजनीतिबाट प्रभावित भएर उनी राजनीतिमा सक्रिय राजनीतिमा लागेका थिए ।

    स्नातक उत्तीर्ण गरेपछि २०४२ सालमा शिक्षकको जागिरे बनेका थिए सुवेदी । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता देखाएका झक्कुप्रसाद सुवेदी बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि नेकपा मसाल, मशाल, एकता केन्द्र हुँदै पछि तत्कालीन संयुक्त जनमोर्चा रोल्पाको नेतृत्व तहमा क्रियाशील रहेका थिए ।

    माध्यमिक तहको पूर्णकालीन शिक्षण पेशा छोडेर सुवेदी २०४८ सालमा राजनीतितर्फ होमिए । २०४८ सालमा भएको स्थानीय निकायको निर्वाचनमा गजुल गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भए । त्यसपछि जिल्ला विकास समिति रोल्पाको सभापतिमा निर्वाचित भए ।

    २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले रोल्पाकै होलेरी प्रहरी चौकीमा आक्रमण गरी जनयुद्धको घोषणा गर्यो । उनी सभापति रहेकै बेला सदरमुकाम लिवाङबाट पक्राउ परे । २०५२ सालमा पक्राउ भएका सुवेदीलाई शारीरिक, मानसिक यातना दिँदै भद्रगोल बन्दीगृह काठमाडौंसम्म पुराइएको थियो । सुवेदी २०५४ मा जेलमुक्त भएका थिए ।

    जेलमुक्त भएको केही समयमै उनको भूमिगत जीवन प्रारम्भ भयो । तत्कालीन राज्यसत्ताको दमनका कारण गाउँमा बस्नसक्ने वातावरण नभएपछि शिक्षण पेशामै रहेकी श्रीमती र छोराछोरी पनि भूमिगत भएका थिए । नेकपा (माओवादी) र सरकारबीचको शान्तिवार्ता र विस्तृत शान्ति सम्झौतापछि स्वभावैले उनी पनि शान्तिप्रक्रियामा आए ।

    २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट उनी तत्कालीन नेकपा (माओवादी)को उम्मेदवार बनेर निकै चर्चामा आए । उनले त्यो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन शक्तिशाली महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए ।

    त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको आमनिर्वाचनमा भने उनले जीत हात पार्न सकेका थिएनन् । २०७४ मा काठमाडौं क्षेत्र नं. ६ बाट माओवादीको तर्फबाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा पनि उनी पराजित भएका थिए । त्यसयता पार्टी संगठनको काममा क्रियाशील सुवेदीलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रले उम्मेदवार बनाएको हो ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा
  • # झक्कुप्रसाद सुवेदी

  • तेस्रो आँखा