सोलुखुम्बु,२६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला चयन भएका छन्। आइतबार अबेर सम्पन्न सातौँ जिल्ला अधिवेशनले बास्तोलाको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन गरेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ।
कमिटीको उपाध्यक्षमा हर्कबहादुर राई, सचिवमा आसकुमार राई (शिशिर), उपसचिव दिपक राजभण्डारी र मिङमा शेर्पा चयन भएका नवनिर्वाचित अध्यक्ष बास्ताेलाले जानकारी दिए।
पुस २३ गतेदेखि दोर्पुस्थित योङ्ग स्टार क्लवको कर्भड हलमा जारी अधिवेशनले एक दिन ढिला गरी अधिवेशन सम्पन्न गरेको हो। पुस २४ गते अधिवेशन सम्पन्न गर्ने पार्टीको पुर्वनिर्धारित कार्यतालिका रहेपनि सहमति जुटाउन समय लागेकाले एक दिन ढिला गरी जिल्ला कमिटी पदाधिकारी टुंग्याएको अध्यक्ष बास्ताेलाकाे भनाइ छ ।
