• ट्रेण्डिङ्ग :
अर्जेन्टिनाका ठूला मजदुर संगठनद्वारा सरकारविरुद्द आम हड्ताल सुरू

अर्जेन्टिनाका ठूला मजदुर संगठनद्वारा सरकारविरुद्द आम हड्ताल सुरू


  • 2.3K
    SHARES
    • माघ ११, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.6K Views

    अर्जेन्टिनाका ठूला मजदुर संगठनद्वारा सरकारविरुद्द आम हड्ताल सुरू

    अर्जेन्टिनाका प्रमुख श्रमिक संघ, सामाजिक संगठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रश्ताव गरेको मितव्ययिता उपायहरूको विरोधमा १२ घण्टाको हडताल सुरू गरेका छन्। जसमा राजधानी शहर ब्यूनस आयर्समा कंग्रेस तर्फको र्‍याली समावेश थियो। श्रमिक महासंघ (सीजीटी) ले अन्य श्रमिक समूहहरू बीचको आयोजना गरेको थियो।

    images

    अर्जेन्टिनामा चार वर्ष भित्रको सबैभन्दा ठूलो संघको नेतृत्वमा भएको विरोध प्रदर्शनको उद्देश्य सरकारलाई बेल्ट–कसाउने उपायहरू र अर्थव्यवस्थालाई नियन्त्रणमुक्त गर्न सुधारहरू लागू गर्नबाट रोक्नको लागि रहेको बताइएको छ। राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले हडताललाई ‘निरपेक्ष बकवास’ को संज्ञा दिएका छन्।

    माइलीले प्रश्तावित सुधारहरू पीडादायी भएको स्वीकार गरे पनि देशको संकटग्रस्त अर्थतन्त्रलाई पुनःस्थापना गर्न आवश्यक रहेको बताए। श्रमिक नेता एडुआर्डो बेलिबोनीले पत्रकारहरूलाई हड्तालको उद्देश्य जनताको अधिकारको रक्षा गर्नु रहेको बताए।


    तेस्रो आँखा