• ट्रेण्डिङ्ग :
आज भारतको ७५ औँ गणतन्त्र दिवस

आज भारतको ७५ औँ गणतन्त्र दिवस


  • 3.0K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    आज भारतको ७५ औँ गणतन्त्र दिवस

    भारतले आज ७५औँ गणतन्त्र दिवस मनाउँदैछ। यो अवसरमा भारतले विभिन्न कार्यक्रम गर्दैछ। 

    images

    गणतन्त्र दिवसको अवसरमा भारतले यो वर्ष फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रमुख अतिथि बनाएको छ।

    सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो। भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो। तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो।

    भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​

    त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ। संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैं चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ। 


    तेस्रो आँखा