छात्रालाई जबर्जस्ती करणी प्रयास, शिक्षक पक्राउ

छात्रालाई जबर्जस्ती करणी प्रयास, शिक्षक पक्राउ


  • 3.4K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    छात्रालाई जबर्जस्ती करणी प्रयास, शिक्षक पक्राउ

    सर्लाही । सर्लाहीको हरिवनमा छात्रालाई जबर्जस्ती करणीको प्रयासमा एक शिक्षक पक्राउ परेका छन् ।

    images

    आफ्नै विद्यालयमा अध्यनरत १४ वर्षीया एक छात्रालाई उनकै घरमा पुगेर करणीको प्रयास गर्ने हरिवन नगरपालिका-११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन् । कार्कीले हरिवन नगरपालिका-१०, सुखेपोखरीस्थित मोडल युरिका एकेडेमीमा अध्यापन गराउँदै आएका छन ।

    शिक्षक कार्कीले गएको बुधबार मदिरा सेवन गरी बालिकालाई भान्साको काम गरिरहेका बेला घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । किशोरीले प्रतिकार गर्दा उनी भागेका थिए ।

    किशोरीका परिवारले घटनाबारे कार्यालयमा जाहेरी दिएलगत्तै कार्कीलाई पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।


    तेस्रो आँखा