• ट्रेण्डिङ्ग :
सूचना टाँसेर प्रतिनिधिसभाको बैठक फेरि स्थगित 

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक फेरि स्थगित 


  • 10.0K
    SHARES
    • पौष २६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    सूचना टाँसेर प्रतिनिधिसभाको बैठक फेरि स्थगित 

    काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । पछिल्लो पटक २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ । 

    images

    संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारेको जानकारी दिइएको छ । 

    ‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ । 
    271292608_1294891747695492_5694479266341349812_n.jpg

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा

  • तेस्रो आँखा