• ट्रेण्डिङ्ग :
संसदीय दलको नेता परिवर्तन

संसदीय दलको नेता परिवर्तन


  • 6.0K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 9.3K Views

    संसदीय दलको नेता परिवर्तन

    कैलाली, १२ माघ/सुदूरपश्चिम प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभाका बहुमत सदस्यले आज दलको नेता परिवर्तन गरेका छन् ।

    images

    नेकपा (माओवादी केन्द्र) संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको आज बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिनुभयो । दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको छ । धामी दार्चुलाको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    दलका नेता खगराज भट्टप्रति बढेको असन्तुष्टिकै कारण दलको नेता परिवर्तन गरिएको उपनेता रावलले बताउनुभयो । दलको नेता परिवर्तनको जानकारी प्रदेशसभा सचिवालयलाई दिइएको छ । पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्ने मन्त्रीको कामप्रति पनि असन्तुष्टि रहेको बताइएको छ ।

    नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलिछ छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका ११ सदस्य छन् । 


    तेस्रो आँखा