नागरिकता माग्न ‘सुस्तावासी’ काठमाडौंमा 

नागरिकता माग्न ‘सुस्तावासी’ काठमाडौंमा 


  • 7.4K
    SHARES
    • पौष २६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    नागरिकता माग्न ‘सुस्तावासी’ काठमाडौंमा 

    काठमाडौं, २६ पुस । सुस्ताका नागरिकहरुले नेपाली नागरिकता उपलब्ध गराइ दिन सरकारसँग माग गरेका छन् । विगत ६ महिनादेखि आन्दोलन गरिरहेका सुस्तावासीले काठमाडौंको माइतीघरमा आफ्नो आनदोलन सुरु गरेका हुन् । 

    images

    सुस्ता नेपाली भूमी भएपनि सरकारले नेपाली नागिरकता  नदिएको उनीहरुको गुनासो छ । बाबुबाजेको पालादेखि बस्दै आएको र सुस्तामै जन्मिएर हुर्किएर पनि नागरिकता नपाएको उनीले बताएका छन् । नेपाली नागरिकताको लागि सरकारसँग पटकपटक अनुरोध गरेको उनीहरुले बताएका छन् ।  

    नागरिकताका लागि जति अनुरोध गरे पनि अझै नागरिकता पाउन सकेका छैनन् ।  सुस्तावासीले नागरिकता पाउनु पर्ने माग गर्दै सुस्ता गाउपालिका, नवलपरासी जिल्ला सदरमुकाम र बुटवलमासमेत आन्दोलनका कार्यक्रम गरेका थिए । त्यस्तै उनीहरु आफ्नो माग राख्दै काठमाडौ आइपुगेका छन् । उनीहरुले आइतबारदेखि माइतीघर मण्डलाको सडकमा आन्दोलन सुरु गरेका हुन् ।  

    ‘आमा नेपाली बुबा नेपाली म चै कहाँ को ?, देशको असल नागरिक पहिचान गर !, संविधानको भाग (२) धारा ११ को उपधारा (३) र (५) कार्यन्वायन गर !’ भन्ने नारासहितका प्ले कार्ड बोकेर माइतीघरमा धर्ना दिए । तर उनीहरुको आवाज सरकारले सुनेको छैन् । स्थानीय तहदेखि सुरु गरेको आन्दोलनलाई सरकार सम्म पुर्याउन केन्द्रमा आएको नागरिक्ता विहिन नागरिक संघर्ष समितिका संयोजक नोग्री शर्माले बताए । आफूहरु ६ महिनादेखि निरन्तर नागरिकता खोजीको आन्दोलनमा रहेको शर्माले बताए । सरकारले माग नसुनेको उनले गुनासो गरे ।  

    केन्द्रीय सरकारलाई आफ्नो सनाउको निम्ति काठमाडौ आएर दुई दिनदेखि माइतिघरमण्डलामा आन्दोलन सुरु गरेको उनले सुनाए । सुुस्ता गाउँपालिकाका करिव अठार सय नागरिकले नागरिकता नपाएको उनले जानकारी दिए । नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नितिगत समस्याका कारण सुस्ता गाउँपालिका वडा नम्बर ५ सुस्तापारीका करिव ती सय घर परिवारको नागरिकता नभएको जानकारी दिए ।

    ‘यस ठाउँका नागरिकलाई २०४०/०४२ सालतिर अभियानकै रुपमा नागरिकता बाँडिएको र बाँकी रहेकाहरुको हकमा समस्या आएको हो,’ उनले भने, ‘जिल्ला अधिकारीले कानुनी मापदण्डका आधारमा बसेर नागरिकता दिने अधिकार अनुसार यो विषयमा के गर्ने भन्ने नितिगत व्यवस्था नभएकाले हामीले नागरिकता दिन सक्दैनौं      ।’ सुस्ता लगायत तराईका धेरै जिल्लाहरुबाट पहिला नै जन्मको आधारमा नागरिकता वितरण गरिएको र अहिले उक्त कुरा कानुनमा नभएकाले नागरिकता पाउन समस्या भएको मिश्रको भनाइ छ ।

    यता, बुबा आमाको नागरिकता भएका नागरिहकरुले भने नेपाली नागरिकता पाउनुपर्ने स्थानीयको माग छ । सुस्ता नेपालकै भूमि हो भनेर राष्ट्रियताको विषयमा उनीहरुले निरन्तर लडाइ लडिरहे पनि कानुनी उल्झनका कारण सुस्तावासीले नेपाली नागरिकता नपाएको नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरी शर्माले बताए । 

  • सम्बन्धित विषय:

  • # सुस्तावासी
  • # नागरिकता
  • # काठमाडौं

  • तेस्रो आँखा