• ट्रेण्डिङ्ग :
महायज्ञको उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने

महायज्ञको उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने


  • 3.2K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.0K Views

    महायज्ञको उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने

    तुलसीपुर,१२ माघ/मानवसेवा आश्रम भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको तयारी पूरा भएको छ । महायज्ञको उद्धघाटन भोली हुँदैछ ।

    images

    माघ १३ गते दिनको साँढे १२ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट महायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। माघ १३ ते बिहान ११ बजेदेखि शोभा कलश यात्रा शुरु हुनेछ । शोभा यात्रामा विभिन्न भेषभुषा र संस्कृति झल्कने प्रदर्शनी हुनेछन ।

    भागवत भास्कर श्रद्धेय कमलनयन गौतमले श्रीमद्भागवत ज्ञानविज्ञानको कथा वाचन गर्ने छन । महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरुद्वारा अभिनय, झाँकी लगायतका विभिन्न प्रदर्शनी हुनेछ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवारस्थित कालिकामालिका मन्दिर व्यवस्थापन समितिले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ विगाह २ कठ्ठा जग्गा उपलब्ध गराएको थियो ।

    महायज्ञबाट ५ करोड रकम संकलन गर्ने आयोजकको लक्ष्य छ । १५ करोडको लागत अनुमान गरिएको उक्त भवन आगामी २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने आश्रमको लक्ष्य समेत रहेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित हलवारमा मानवसेवा आश्रमको भवन शिल्यान्यास भइसकेको छ । घरपरिवारविहिन भई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जिवन बिताउन विवश सहयोगापेक्षी मानवहरुको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भवन निर्माण हुन गहिरहेको हो । हाल तुलसीपुर–६ गाईडरस्थित भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन हुँदै आएको छ ।

    २०७८ वैशाख ३ गतेदेखि सो घरबाट सञ्चालन हुँदै आएको आश्रममा हाल महिला र पुरुष गरी ७१ जना संरक्षणमा रहेका छन । अरनिको मैदानमा महायज्ञ सञ्चालन हुने छ । महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिषयगत बिभिन्न ३४ वटा उपसमितिका संयोजकहरु सग छलफल भएको थियो । कार्यक्रमको सहजीकरण सदस्य सचिव बुद्ध प्रकाश सिंहले गरेका थए ।


    तेस्रो आँखा