पार्टीको सभा, सम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन

पार्टीको सभा, सम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन


  • 8.9K
    SHARES
    • पौष २६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    पार्टीको सभा, सम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन

    काठमाडौं, २६ पुस । नेकपा एकीकृत समाजवादीले पार्टी ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् ।

    images

    सोमबार पार्टी अध्यक्ष माधव कुमार नेपाल एक विज्ञप्ति जारी गर्दै उनले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिए । उनले आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन् ।

    ने‍ता नेपालले चार बुँदे अनुरोध गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै र तोकिएका उमेर समूहकालाई खोप लगाउन आग्रह गरेका छन्। 

    अध्यक्ष नेपालले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिएका छन् ।

    देशभर कोरोना भाइरस संक्रमण बढेको भन्दै उनले त्यसप्रति सचेत हुनुपर्ने भन्दै पार्टीका कार्यक्रम गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् ।

    madhav-nepal.png

     

  • सम्बन्धित विषय:

  • # माधव नेपाल

  • तेस्रो आँखा