• ट्रेण्डिङ्ग :
एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने

एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने


  • 5.9K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 9.0K Views

    एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने

    पेरिस । युरोपेली विमान निर्माता कम्पनी एयरबसले भारतीय समूह टाटासँग मिलेर भारतमा हेलिकप्टर बनाउने भएको छ ।

    images

    सम्झौताको घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको दुई दिवसीय भारत भ्रमणका क्रममा गरिएको हो ।

    अब भारतमै एच१२५ हेलिकप्टर एसेम्बल र परीक्षण हुने छ । भारतमा हेलिकप्टर बनाउँदा मुलुकमा हेलिकप्टरको बजारको वास्तविक क्षमता थाहा हुने एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले बताए । एच१२५ हलुका नागरिक हेलिकप्टर हो र यसले छ जनासम्म ओसारपसार गर्न सक्ने छ ।

    सन् २०२१ मा एयरबसले टाटासँग मिलेर पश्चिमी भारतीय राज्य गुजरातमा सी२९५ सैन्य यातायात विमानका लागि एसेम्बली लाइन स्थापना गर्ने निर्णय गरेको थियो । यस्तो समयमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले एसिया–प्रशान्तमा धेरैभन्दा धेरै फ्रान्सेली साझेदारीमा जोड दिएका छन् । रासस/एएफपी


    तेस्रो आँखा