• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट


  • 14.9K
    SHARES
    • माघ १३, २०८० शनिबार
    • २ बर्षs अघि
    • 23.0K Views

    प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

    काठमाडौँ, १३ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।
     
    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिनुभयो ।
     
    उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आउनुभएको हो । नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

    images


    तेस्रो आँखा