सबै चुनाव एकैपटक : माधबकुमार नेपाल

सबै चुनाव एकैपटक : माधबकुमार नेपाल


  • 7.0K
    SHARES
    • कार्तिक १२, २०७८ शुक्रबार
    • ५ बर्षs अघि
    • 10.8K Views

    सबै चुनाव एकैपटक : माधबकुमार नेपाल

    पोखरा, कात्तिक १२ । 
    नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधबकुमार नेपालले सबै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएका छन् । आर्थिक ब्ययभार कम गर्नका लागि पनि सबै तहका चुनाव एकैपटक हुनुपर्ने उनको भनाई छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा नेपालले पटक पटक निर्वाचन गर्दा खर्च बढि हुने भएकाले सबै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताए । ‘पटक पटक चुनाव गर्दा खर्च धेरै हुन्छ,’ उनले भने ‘त्यसैले सबै चुनाव एकै पटक गर्नुपर्छ ।’
    यसैगरि उनले ‘अर्लि ईलेक्सन’मा जानु जरुरी नरहेको समेत बताए । ‘किन अर्लिमा जानु ? जानु जरुरी छैन,’ नेपालले भने । 

    images

     


    तेस्रो आँखा