• ट्रेण्डिङ्ग :
धरहरामा आजदेखि निःशुल्क पार्किङ

धरहरामा आजदेखि निःशुल्क पार्किङ


  • 3.8K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    धरहरामा आजदेखि निःशुल्क पार्किङ

    काठमाडौं । काठमाडौंको धरहरामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ ।

    images

    न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेवा दिन लागिएको महानगरले उल्लेख गरेको छ ।

    “यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ,” महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने ।

    सो भवनमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका निम्ति उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडकतर्फ जाँदा बायाँपट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिने उनले बताए ।संरचनागत रूपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ भएको महानगरको दाबी छ ।


    तेस्रो आँखा