तमु समाजद्वारा पोर्चुगलमा गायक दुर्गा गुरुङ सम्मानित

तमु समाजद्वारा पोर्चुगलमा गायक दुर्गा गुरुङ सम्मानित


  • 18.8K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 29.0K Views

    तमु समाजद्वारा पोर्चुगलमा गायक दुर्गा गुरुङ सम्मानित

    दीपक भण्डारी

    images

    पोर्चुगल, १५ माघ । तमु समाज पोर्चुगलले गायक तथा सर्जक दुर्गा गुरुङलाई सम्मान गरेको छ । 

    दुई दशकभन्दा धेरै गायन क्षेत्रमा लागेका ब्यक्तित्व गुरुङलाई सम्मान गरिएको हो । अझ भन्ने हो भने गुरुङ  नेपाली कौडा गीतका हस्ती नै मानिन्छन् । 

    कार्यक्रममा अध्यक्ष विकाश गुरुङ, वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, सचिव गनि गुरुङ, नेपाली कांग्रेसका महासमिति सदस्य चिजकुमार तामाङ, गैर आवासीय नेपाली पोर्चुगलका अध्यक्ष उमेश खड्का, उपाध्यक्ष दीपा काफ्ले लगायतले सम्मान गरेका थिए । कार्यक्रमको सन्चालन वीरेन्द्र गुरुङले गरेका थिए ।

    कार्यक्रममा साँगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # दुर्गा गुरुङ

  • तेस्रो आँखा