• ट्रेण्डिङ्ग :
सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : मन्त्री शर्मा

सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : मन्त्री शर्मा


  • 3.2K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.9K Views

    सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छ : मन्त्री शर्मा

    काठमाडौं, १७ माघ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको बताउनुभएको छ । बुधबार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

    images

    आम सञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको जानकारी दिनुभयो । आम सञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताउनु भयो ।

    उहाँले सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रसारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बिचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पुर्‍याउने माध्यम जिकिर गर्नुभयो । उहाँले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रशारण क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको बतायनु भयो । नेपाल टेलिभिजन र रेडियोनेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको बताउनु भयो ।

    मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिजिनको पहुँच बिस्तार गर्न कठिन रहेको बताउनु भयो । उहाँले नेपाल टेलिभिजनले डिजिटलाइजेशनलाई अझै बढाउन आवश्यक रहेको जिकिर गर्नुभयो । मुलुकको अधिकतम क्षेत्रका जनतासमक्ष सेवा पुर्‍याउन उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा पनि ध्यान दिन जरुरी रहेको बताउनु भयो ।


    तेस्रो आँखा