• ट्रेण्डिङ्ग :
रानी जमरा सिंचाई आयोजनामा विद्युत उत्पादन सुरु

रानी जमरा सिंचाई आयोजनामा विद्युत उत्पादन सुरु


  • 4.2K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.5K Views

    रानी जमरा सिंचाई आयोजनामा विद्युत उत्पादन सुरु

    टीकापुर, १७ माघ/राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाई आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भई लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । 

    images

    जानकी गाउँपालिका ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करीब छ किलोमिटर टाढाको लम्की स्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । परीक्षणका क्रममा साढे एक मेगाबाट उत्पादन भएको विद्युत प्राधिकरण लम्कीका प्रमुख खगेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । रानीजमराको पूरै उत्पादन भएका तीन वटा टर्वाइनको सहायताले ४.७१ मेगावाट विद्युत निरन्तर उत्पादन हुनेछ ।

    २०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पुर्याएपछि पसननिर्माणमा ढिलाई भएको हो । दुई अर्बको लागतमा विद्युत आयोजना बनेको छ । एक अर्ब पाँच करोड रुपियाँ विद्युत गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यस वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको छ । 

    रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६६-६७ सालमा सुरु भएको थियो । यसबाट शाखा नहर र नदीहरुमा तटबन्धको निर्माण कार्य जारी छ ।


    तेस्रो आँखा