• ट्रेण्डिङ्ग :
गोरखापत्रका उपसम्पादक पण्डितको निधन, महासंघद्वारा श्रद्धाञ्जली

गोरखापत्रका उपसम्पादक पण्डितको निधन, महासंघद्वारा श्रद्धाञ्जली


  • 19.0K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 29.3K Views

    गोरखापत्रका उपसम्पादक पण्डितको निधन, महासंघद्वारा श्रद्धाञ्जली

    काठमाडौं, १७ माघ । नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाका सदस्य तथा गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको निधन भएको छ । नेपाल पत्रकार महासंघले एक शोक विज्ञप्ति जारी गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।

    images

    महासंघको शोक विज्ञप्तिमा भनिएको छ, “पण्डितको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ ।” लामो समयदेखि क्यान्सर रोगबाट पीडित पत्रकार पण्डितको उपचारकै क्रममा आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

    महासंघद्वारा जारी विज्ञप्तिको पूर्णपाठ :

    शोक विज्ञप्ति

    नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाका सदस्य शेषकान्त पण्डितको उपचारको क्रममा ४७ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित पत्रकार पण्डितको उपचारत अवस्थामा आज बिहान ३ः०० बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
     
    वि.सं. २०३३ साल वैशाखमा तनहुँको भानु नगरपालिका– १२ मा जन्मनुभएका पण्डित विगत १५ वर्षदेखि गोरखापत्र दैनिकमा कार्यरत हुनुहन्थ्यो । गोरखापत्र दैनिकमा सहसम्पादकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएका पण्डित शिक्षा पत्रकार समाजको महासचिव हुनुहन्थ्यो ।
     
    पत्रकारिता र सामाजिक अध्ययनको अध्यापनमा संलग्न पण्डितकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, ऊर्जाशील र अनुभवी पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय पण्डितका श्रीमती, एक छोरा र एक छोरीे हुनुहुन्छ ।

    महासंघ स्वर्गीय पत्रकार पण्डितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

    रोसन पुरी
    महासचिव