• ट्रेण्डिङ्ग :
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्ष जेल सजाय


  • 5.1K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.8K Views

    पाकिस्तानका पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्ष जेल सजाय

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई अदालतले भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ ।

    images

    राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि अर्को फैसला आएको हो।

    पीटीआईका संस्थापक तथा पूर्वप्रधानमन्त्री खान र पत्नीबीबीलाई १० वर्षसम्म कुनै पनि सार्वजनिक पदधारण गर्न अयोग्य घोषित गरिएको छ भने उहाँलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत गरिएको छ। 

    गत अगष्टमा पक्राउ परेदेखि अधिकांश समय हिरासतमा राखिएको जेलभित्र भएको सुनुवाइपछि खानको सजाय लगातार वा सँगसँगै चलिरहने हो वा होइन भन्ने स्पष्ट हुन सकेको छैन।

    खानका वकिल सलमान सफदरले पनि एएफपीसँग कुरा गर्दै खान र पत्नी बुशरा बीबीलाई सजाय सुनाइएको पुष्टि गरे।

    खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) भने न्यायिक प्रणाली भत्काइएको आरोप लगाएको छ। ‘पाकिस्तानको इतिहासमा अर्को दुःखद दिन हो’, उसले भनेको छ।


    तेस्रो आँखा