• ट्रेण्डिङ्ग :
भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ

भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ


  • 2.7K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ

    काठमाण्डौ । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । हिजो दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गएराति मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसी हिन्दीले जनाएको छ । ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो ।

    ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको ४ एकडभन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ । यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो ।

    जग्गा घोटाला सम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ । अभियुक्तले सरकारी अधिकारीसँग मिलेर भूमाफियाको नाममा ठगी गरी ती जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ ।


    तेस्रो आँखा