• ट्रेण्डिङ्ग :
अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी जागरण अभियान बबईमा केन्द्रीत 

अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी जागरण अभियान बबईमा केन्द्रीत 


  • 21.3K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 32.8K Views

    अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी जागरण अभियान बबईमा केन्द्रीत 

    तुलसीपुर, १७ माघ । अखिल (क्रान्तिकारी) दाङको ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान’ दाङको बबई गाँउपालिकाको विभिन्न शिक्षण संस्थाहरुमा केन्द्रीत भएको छ । अखिल (क्रान्तिकारी) दाङका जिल्ला सदस्य भूपेश खत्रीका अनुसार जनता मावि बबरपुरमा विद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । 

    images

    भेलाले कपिल विकको अध्यक्षतामा समिति चयन गरेको छ । समितिको उपाध्यक्ष योगेश सुनार, सचिव टीका गिरी, कोषाध्यक्ष विनोद खत्री रहेका छन् । सदस्यहरुमा निर्मला कार्की, कल्पना महरा, बिन्दु पुन, प्रदीप चन्दलगायत ५१ सदस्यीय कार्यसमिति सदस्यहरु चयन गरिएको छ ।

    अखिल (क्रान्तिकारी) दाङका जिल्ला कार्यालय सदस्य हिरालाल वली ‘जनार्दन’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रको बबई पदाधिकारी दीपक शाहले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन संगठनका राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष भद्रबहादुर खत्री ‘भूपेश’ले गरेका थिए । त्यसपछि भएको प्रथम बैठकले जनयुद्ध दिवसको अवसरमा आउँदो फागुन १ गते विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ ।

    त्यसैगरी श्री सरस्वती मावि बबई ७ चरकमटियामा पनि विद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले नमूना घर्तीको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरेको छ । जसमा उपाध्यक्ष रुपा वली, विनोद कवर, सुवास रावत, सुदीप बुढाथोकी, सचिव क्रान्ति शाह, सहसचिव दल बहादुर खड्का र कोषाध्यक्ष निर्मल घर्ती चयन भएका छन् । सदस्यहरुमा सुरक्षा डाँगी, यमुना रोका, मनिषा कवर लगायत ५१ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

    अखिल (क्रान्तिकारी)को दाङ जिल्ला कार्यालय सदस्य हिरालाल वली ‘जनार्दन’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य भीमबहादुर वली, पार्टीका बबई पदाधिकारी दीपक शाहले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष भद्रबहादुर खत्री ‘भूपेश’ले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # विद्यार्थी जागरण अभियान

  • तेस्रो आँखा