• ट्रेण्डिङ्ग :
अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित समितिबाट पारित

अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित समितिबाट पारित


  • 3.7K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित समितिबाट पारित

    काठमाडौँ १८ माघ/संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित गरेको छ ।

    images

    संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भई सुझाव सहित प्रतिनिधि सभामा पेश भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जन सहित पारित भएको हो ।

    समितिका सभापति रामहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा तथा संशोधनकर्ता सांसदहरू सँग समेत सहभागी भई छलफलमा भाग लिनुभएको थियो । 

    सरकारले विकास निर्माणका कामहरूलाई निर्धारित समयमा सम्पन्न नहुने र लागत बढ्ने लगायतका समस्याहरू समाधान गर्ने उद्देश्यले ल्याएको सो विधेयक संसद्को आगामी बैठकबाट पारित गर्ने तयारी गरिरहेको छ ।


    तेस्रो आँखा