• ट्रेण्डिङ्ग :
पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा आज वर्षा हुने

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा आज वर्षा हुने


  • 4.3K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.5K Views

    पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा आज वर्षा हुने

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भइरहेको छ।

    images

    आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    तेस्रो आँखा